विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन गराउनका लागि दवाबका कार्यक्रम तय गर्न कार्यदल गठनको तयारी गरेका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनको सुनिश्चितता र शैक्षिक मुद्दाहरु सम्बोधनका लागि ठोस कार्यक्रम तय गर्न सबै विद्यार्थी संगठनको प्रतिनिधित्व हुने गरी कार्यदल बनाइने जानकारी दिए ।
विद्यार्थी संगठनहरुले विद्यालय र उच्च माध्यमिक विद्यालय तहमा चर्को शुल्क असुल गर्ने क्रम रोक्नका लागि पनि दवाब दिने बताएका छन् । मेडिकल अध्ययन गर्ने ४५ प्रतिशत वर्गिकृत छात्रवपृत्ति व्यवस्था गर्न सर्वोच्चले दिएको आरोप कार्यान्वयन गर्न र भूकम्प तथा बाढी पीडितको जनजीवन व्यवस्थित बनाउन माग गरेका छन् ।






0 comments:
Post a Comment