Popular Posts

Friday, 2 September 2016

सरकारी स्वामत्विमा रहेको पूर्वराजा बस्ने नागार्जुन दरबारको लाइन काटियो

काठमाडौं, १७ भदौ - उर्जा मन्त्रालय माओवादीले सम्हालेपछि एकपछि अर्को विवादस्पद निर्णय हुन थालेको छ। केही दिन अगाडि उर्जा मन्त्रालयको निर्देशनमा विद्युत प्राधिकरणले नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलको विद्युत लाइन काटेको थियो। जसको चौतर्फी विरोधभएपनि सरकारले अन्जानबस लाइन काटिएको भन्दै तत्काल लाइन जोडेको थियो। त्यसको केही दिनपछि पुन नेपाल विद्युत प्राधिकरणले सरकारी स्वामित्वमा रहेको पूर्वराजा बसोबास गर्ने नागार्जुन दरबारको विजुलीको लाइन काटेको छ। बिहीबार साँझ पाँच बजे लाइन काटिएको पूर्व राजा ज्ञानेन्द्र शाहका सहयोगीले जनाएका छन्। सरकारको स्वामित्वमा रहेको नागार्जुन दरबार गणतन्त्र घोषणापछि पूर्व राजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलब्ध गराएको थियो। नेपाल विद्यत प्राधिकरणका अनुसार नागार्जुन दरबारको ७१ लाख रुपैयाँ बक्यौता छ। यो रकम संस्कृत मन्त्रालयले तिर्नुपर्ने हो। यसअघि प्राधिकरणले पूर्वमुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाह बस्दै आएको महेन्द मन्जिलको पनि लाइन काटेको थियो। तर सर्वत्र विरोध भएपछि पाधिकरणले २४ घण्टा नबित्दै लाइन जोडेको थियो।

0 comments:

Post a Comment

Blog Archive