Popular Posts

Friday, 2 September 2016

प्रहरीले यसकारण रातारात पूर्वराजा वीरेन्द्रको सालिक हटायो, दलहरुको आपत्ति

नेपालगञ्ज, १७ भदौ । नेपालगञ्जस्थित धम्बोझी चोकमा पुनःस्थापना गरेको स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक प्रहरीले हटाएको छ ।राजावादीहरुद्धारा बिहीबार पुनः स्थापना भएको उक्त सालिक सर्वदलीय बैठकले हटाउने निर्णय गरेपछि प्रहरीले बिहीबार राति नै हटाएको हो । झण्डा राख्ने भनेर झुक्याएर सालिक राख्दा तनाव उत्पन्न भएपछि प्रहरीले तत्काल हटाउन खोजेको र त्यसले झन तनावग्रस्त भई प्रहरीले लाठी चार्ज गर्दा केही घाईते समेत भएकाले तत्काल हटाईएको थिएन् ।
सर्वदलीय बैठकले सालिक हटाउने निर्णय गरेपछि प्रहरीले सालिक झिकेर सुरक्षित स्थानमा राखेको र उक्त स्थानमा झण्डा गाडेको प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । सर्वदलीय बैठकमा राजाको सालिक राखेर लोकतन्त्र, जनआन्दोलन र गणतन्त्रलाई चुनौति दिन खोजेको भन्दै दलहरुले आपत्ति जनाएका थिए । ०६२–०६३ को जनआन्दोलनमा भत्काईएको स्वर्गीय राजा वीरेन्द्रको सालिक बिहीबार राप्रपा नेपाल तथा हिन्दूवादी युवाहरुले पुनःस्थापना गरेको थिए ।

0 comments:

Post a Comment

Blog Archive