Popular Posts

Friday, 2 September 2016

पोर्चुगललाई युरो जिताउने एडरको कथा, आमा मारेर बुवा जेलमा छन् .. र, उनले आफ्नो जीवन अन्त्य गर्ने सोचेका थिए

उत्तरी फ्रान्सको एउटा होटलको लवीमा पोर्चुगिज फर्वार्ड एडर छन् । उनी आफ्नो सीटबाट बाहिर आए र कुरा गर्न तयार भए । जुन उनको जीवनकै सबैभन्दा महत्वपूर्ण गोलको बारेमा थियो, युरो २०१६ को फाइनलमा उनैको गोलले पोर्चुगलले उपाधि जितेर इिितहास रचेको थियो ।
‘हाफ टर्न गर्दै यो सफलता हासिल गरेको थिए’ एडर भन्छन् कि लरेन्ट कसिल्नीलाई छकाउँदै उनले गोल गर्न सफल भए ।
‘मैले कसिल्नीलाई छक्याउँदै सट प्रहार गर्न केहि स्थान पाएँ । पोष्ट अझै टाढा त थियो तर हाल्फ टर्न गरी शशक्त प्रहार गरेँ, जुन फर्ष्ट बार च्याप्दै गोलमा परिणत भयो । म निक्कै खुसी भएँ । त्यो मेरा लागि, हाम्रा लागि र समग्र पोर्चुगिजका लागि ऐतिहासिक थियो ।
यिनै फर्वार्डको यस गोलबाट पोर्चुगलले घरेलु टोली फ्रान्सलाई हराउँदै युरो २०१६ को उपाधि जित्यो । ‘त्यसपछि पनि मैले मेरो गो कम्तिमा १५ पटक हेरेँ हुँला, सायद त्यो भन्दापनि बढी । मनलाग्ने बित्तिकै युट्युव खोल्छु र हेरिहाल्छु ।’
वास्तवमै किन नहेर्ने त ? २८ बर्षीय फुटबलर एडरले पोर्चुगिज टोलीका लागि गरेको यो नै उल्लेखनीय र अविष्मरणीय गोल हो ।
हामीले यो पनि बिर्सेका छैनौं कि एडरले स्वान्सी सिटीबाट खेल्दा १३ पि्रमियर लिगमा एक पटकपनि पोष्ट ताकेर बल प्रहार गर्न सकेका थिएनन् ।
पोर्चुगिज राष्ट्रिय टोलीका प्रशिक्षक फर्नाण्डो सान्तोषले युरोकपको फाइनलमा व्यक्तिगत प्रदर्शन त्यति राम्रो नभएका एडरलाई मैदानमा छिराउने निर्णय गरे । र, एउटा पथ्थर सुनमा परिवर्तन भयो ।
त्यसअघि उनले केहि अन्तर्राष्ट्रिय गोल गरेका थिए तर मैत्रिपूर्ण खेलहरुमा । क्रिष्टियानो रोनाल्डोको अभाव महसुस हुन नदिइ उनले यसरी गोल गर्लान भन्ने सायद प्रशिक्षक सान्तोषले पनि सोचेका थिएनन् ।
यसअघिका कुनै पोर्चुगिज स्टारले युरो ट्रफी आफ्नो देश भित्र्याउन सकेका थिएनन् । इयुजवियो, लुइस फिगो, रोनाल्डोजस्ता सुपरस्टारहरु यस सफलताको सपना देखेका थिए । जुन लक्ष्य वास्तवमै कल्पनाभन्दा बाहिर थियो ।
‘तपाईंहरुले त्यस्तै भन्न सक्नुहुन्छ’, उनले भने, ‘तर युरो सुरु हुनुभन्दा पहिले कम्तिमा म चाहीँ विश्वस्त थिएँ कि यस पटक हामीले केहि गर्न सक्नेछौं ।’
‘जव प्रशिक्षकले मलाई मैदान छिर्न भने, त्यतिबेला मैले उनीसँग भनेको थिएँ कि चिन्ता नमान्नुस्, म गोल गर्नका लागि मैदानमा जाँदैछु ।’
नभन्दै उनले गोल गरे र उपाधिपनि जिताए । त्यसपछि त के चाहियो र ! अहिलेसम्मपनि उनलाई बधाइको ओइरो लागिरहेको छ । युरो जितेपछिको एक सातामा उनले २०० भन्दा बढी बधाईको सन्देश पाएका थिए ।

पोर्चुगललाई युरो जिताउने एडरको कथा, आमा मारेर बुवा जेलमा छन् .. र, उनले आफ्नो जीवन अन्त्य गर्ने सोचेका थिए

Eder-1

Eder
‘मेरा पिता एकदमै खुसी हुनुहुन्छ । उहाँ फोनमा निक्कै रुनुभयो । उहाँले मसँग आफु निक्कै खुसी भएको र मेरा लागि गर्व लागेको बताउनुभयो’ एडरले भने । अहिलेसम्म त सबै सामान्य नै छ केलव एक आतंकित पार्ने तथ्यबाहेक ।
उनका पिता फिलोमेनो एन्टोनियो लोपेस सन् २००३ देखि बेलायतको जेलमा जन्मकैदको सजायँ काटिरहेका छन् । उनीमाथि श्रीमतीको हत्याको आरोप प्रमाणित भएको थियो । एडरकी सौताने आमा डोमिङगास ओलिभाइसको हत्या गरेको अदालतले प्रमाणित गरेको थियो ।
हामीले उनको बारेमा बुझ्ने चाहना राख्दा एडर केहि समय शान्त रहे । टेवलबाट ग्लास उठाएर एक घुँड्को पानी पिए र भने, ‘ओके, यसबारेमा बिस्तृत कुरा गर्न म तयार छु ।’
एडरको कहानी यस्तो छ कि व्यक्तिगत संकटको चुचुरमा रहेको एउटा फुटबलरले खुसी कहाँबाट भेट्टाउँछ भन्ने सन्देश पनि हो ।
आधा घण्टाजतिको कुराकानीमा एडरले उनका पिताको बारेका प्रश्नहरुको उत्तर दिँदै गए । साथै उनी कसरी अनाथालयमा पुगे । साथै केवल दुई बर्ष पहिलामात्र उनी आफ्नो जीवन समाप्त पार्ने बिषयमा नजिक पुगेर सोच्न थालेका थिए ।
सन् १९८७ को डिसेम्बरमा पोर्चुगलको उपनिवेश गिनीमा एडरको जन्म भएको हो । उनी तीन बर्षको हुँदा उनको परिवार पोर्चुगल बसाइ सरेको थियो । परिवारमा आएको बिग्रहसँगै एडरलाई ८ बर्षको हुँदा अनाथालयमा पुर्‍याइयो ।
‘मैले झुट बोलेको होइन, यो एकदमै मुस्किल क्षण थियो’ उनले भने । उनले यो पनि सम्भिmए कि उनले फुटेका शिशाहरु छरपष्ट भएको मैदानमा नांगो खुट्टाले कसरी फुटबल खेले, सिके ।
‘हो, निक्कै कठिन थियो । म आफ्ना मातापिता बिना एक अनाथालयमा थिएँ । त्यहाँको वातावरण निक्कै खराव थियो ।’
‘हेरचाहका लागि अनाथालयमा २/३ जना हुनुहुन्थ्यो तर उनीहरु मेरा आमा बुबाजस्ता थिएनन् । मेरो मातापितासँग निक्कै कम सम्पर्क हुन्थ्यो । निक्कै रिस उठ्थ्यो ।
‘उमेर बढ्दै गएसँगै मेरो आमासँगको सम्पर्क बाक्लिन थाल्यो । तर, नियमित भने थिएन । म मेरी आमासँग पनि कहिल्यै सामान्य हुन सकिन, किनभने, जतिबेला मलाई उहाँहरुको आवश्यकता थियो त्यतिबेला म अनाथ बनेर जीवन काटिरहेको थिएँ ।
‘अहिले मेरो आमासँगको सम्पर्का बाक्लिएको छ । उहाँ इंग्ल्याण्डमा हुनुहुन्छ । मेरी बहिनी उल्फरहृयाम्प्टनमा बस्छिन् र मेरा पिता पनि त्यहीँ छन् ।
Eder-2
सन् २००३ मा नोरिच क्राउन कोर्टका न्यायाधीशले फैसला गरे कि एडरका पिताले उनकी श्रीमतीको हत्या गरे ।
अदालतको फैसलामा यस्तो सुनाइएको थियो कि एडरका पिताले उनकी श्रीमतीलाई काम गर्ने स्थानबाट लिएर घरतर्फ जाँदा कारको स्टेरिङ हृवील लकले प्रहार गरी घाँटी निमोठेर मारे । त्यसपछि मृतकको शव ग्रेट यारमाउथको बुरे नदीमा फालिदिए ।
एडरका पिताले त्यतिबेला बयान दिएका थिए कि उनले ओलिभाइसलाई एक होटलमा छोडेपछि म्याकडोनाल्डका लागि हिँडेका थिए । तर, सिसिटिभी फुटेजमा त्यस्तै केहि देखिएन ।
स्थानीय सञ्चारमाध्यमले गरेको दावी अनुसार एडरका पिताले दावी गरेका थिए कि उनी आफ्नो मुलुकमा जारी गृहयुद्धका कारण भागेर त्यहाँ पुगेका थिए । तर यो पनि दावी गरिएको थियो कि तीन सशस्त्र डकैतीको घटनामा पोर्चुगिज प्रहरीबाट खोजीको सूचीमा रहेका उनी पक्राउ पर्ने डरले इंग्ल्याण्डमा शरणको लागि माग गरी बसेका थिए ।
‘म १२ बर्षको थिए र अनाथालयमै थिएँ,’ एडरले भने, ‘मेरी सौताने आमाको मृत्यु भयो र त्यसको आरोप मेरा पितालाई लगाइयो, जसका कारण उहाँ अहिले जेलमा हुनुहुन्छ ।’
‘म त्यहाँ थिइनँ र वास्तवमा म त्यहाँ के भएको थियो बिस्तृत बताउन सक्दिन । तर मेरा पिता भन्नुहुन्छ, उहाँ निर्दोष हुनुहुन्छ ।
‘उहाँ मेरा पिता हुनुहुन्छ र म उहाँलाई बिश्वास गर्छु । मैले यो भनिरहेको छैन कि अदालतले केहि कमजोरी गरेको छ तर उहाँ मेरा पिता हुनुहुन्छ ।’ उहाँ अझैपनि इंग्ल्याण्डको जेलमा हुनुहुन्छ र म उहाँलाई भेट्न गइरहन्छु ।
‘म २२ बर्षको हुँदादेखि नै मैले उहाँसँग भेटिरहेको छु । फुर्सद हुनुबित्तिकै म इंग्ल्याण्ड पुगिहाल्छु ।’
अनाथालय हुँदादेखि नै फुटबलप्रति निक्कै चासो राख्ने एडरले नजिकैको क्याफेमा गएर पि्रमियर लिगका खेलहरु हेर्थे ।
उनी १८ बर्षको हुँदा पोर्चुगलको दोस्रो डिभिजन क्लव टोरिजेन्समा आवद्ध भए । त्यहाँबाट उनले मासिक ३३० पाउण्ड पारिश्रमिक पाउँथे । त्यसपछि उनी एकाडेमिका र ब्रागा आए । जहाँबाट उनले च्याम्पियन्स लिग खेले र सन् २०१२ मा राष्ट्रिय टोलीको क्याम्पमा बोलाइए ।
एडरको व्यक्तिगत आनीबानी मध्ये उनी निक्कै गहिरो सोच्ने र उच्च आत्म आलोचक हुन् । सन् २०१४ को विश्वकपमा पोर्चुगलले समूह चरण पार गर्न असफल भएको थियो । त्यसपछिको पत्रकार सम्मेलनमा उनको उपहास गरिएको थियो । सामाजिक सञ्जालमा उनलाई ट्राफिक कोनसँग तुलना गरिएको थियो ।
सर्वत्र निराशा र अध्याँरो छाएपछि यी जवान खेलाडीले आफ्नो जीवन परित्याग गर्नेबारे पनि सोचेका थिए । ‘पक्कै पनि हो’ उनले भने ।
‘मेरो दिमाग केहि खराव स्थानमा पुगेको थियो । म केहि खतरनाक चोटबाट गुज्रेको थिएँ र विश्वकप लगायत केहि कुरापनि मेरो पक्षमा भइरहेको थिएन ।
त्यसपछि ब्रागा फर्किएर फुटबल खेल्न थालेका एडरको भेट जव सुसानासँग भयो, त्यसपछि उनी मानोबैज्ञानिक रुपमा बलियो हुँदै गए । छोरीसँगै रंगशाला पुगेकी सुसानासँग एडरको भेट फोटो खिचाउने क्रममा भएको थियो र त्यसपछि नजिकिएकी सुसानाले एडर मनोबैज्ञानिक रुपमा बिक्षिप्त रहेको थाहा पाएपछि उपचार सुरु गरेकी थिइन् ।

0 comments:

Post a Comment

Blog Archive