Popular Posts

Monday, 22 August 2016

धोका दिने पति जीवनलाई जोयाले लेखिन फिलिपिन्सबाट हृदयविदारक यस्तो पत्र बाँचा कसम र खुशीका क्षणहरु पलभरको लागि मात्र भए .. एकचोटी अबस्य पद्नुहोस जोयाले लेखेको अन्तिम पत्र अनि सक्दो share गर्नुहोस

क्षितिज पारिको देशबाट एक पल्ट सम्झिएकी छु जीवन,
सुनेकी थिएँ, प्रत्येक आँशुले पिडा दिन्छ भनेर तर आज म आँफै सँग त्यस्तै पिंडै पिंडाले भरिएको आँशु छ । यि आँशुहरुले मेरो छातीमा चोटै चोट बनाएका छन । प्रत्येक नशाहरुमा ति आँशुहरु खिल बनेर बसेका छन् । मेरो छातीमा कसैले नदेख्ने चोट छ अनि हजुरकै हाँसोले छोडेका खाटाहरु छन् । कहिल्यै नमेटिने गरी बसेका आँशुका टाटाहरु…..हृदयविदारक मार्मिक भिडियो हेर्नुहोस्:
फेरी नचाहँदा नचाहँदै बिबश्ताको हुरिले अतितका पानाहरु पल्टाईदिन्छ । जहाँ हामी दुई सँगसँगै हिंडेका डोबहरु फेला पार्छु अनि यथार्थ धरातलबाट बिलिन हुन पुग्छु । अतितका गाढा तस्वीरहरु आँखा वरिपरी घुमिरहन्छन् । प्रतिक्षा गर एकदिन तिम्रै छायाँ बनेर आउनेछु जस्ता हजुरको आश्वासनले भरिएका वाक्यहरुले आज पनि चोटैचोटले बिक्षिप्त भएको हृदयलाई ढक्ढक्याउन पुग्छु । आँखा वरिपरी कालो बादल छाउँछ । बिगतका तिता मिठा पलहरु एकपछि अर्को गरि दुखित मानसपटलमा नाचिरहन्छन् । आँखाबाट सपनाहरु छचल्केर बग्न थाल्छन् । सपनाको महल झल्कन पुग्छ अनि मुटुभरि बेदनाको आगो सल्किदिन्छ। कल्पनामा भुल्दाभुल्दै उज्यालोलाई ढाकेर आँध्यारो रात पर्छ । त्यहि रातमा कसैको सुमधुर स्वर सुन्छु फेरि झस्किन्छ यो मन अनि त्यो स्वर हजुरकै जस्तो लाग्छ । हजुरकै सम्झनामा दुखेका मन मष्तिस्क अनि घाँईते मुटु लिएर दिन-रात काट्न बिवश छु। मनमा यस्तै धेरै कुराहरु खेल्न थाल्छ, आफैले आफैलाई सम्हाल्ने प्रयाश गर्छु र हजुर प्रतिको अटुट माया मेरो मुटुबाट अलग गर्न सक्दिन । समय र परिस्थितिले जता-जता डोर्‍याउँछ त्यतै-त्यतै जाँदोरहेछ मानिसको जिन्दगी । त्यस्कै परिणामस्वरुप आज हजुरले दिएका मिठा दुई फल टपक्क टिपेर हिडेकी छु । कुनै दिन सोंच्ने गर्थे जिबनमा दुई मुट्ठी सास रहुन्जेल सम्म फूलको र बासनाको जस्तो सम्बन्ध रहिरहोस् भनेर…. तर मदुहोस् भएर कल्पनाको उडानलाई निरन्तरता दिनु नै मेरो गल्ती भएछ । जीवनको त्यो मोडमा उहि बसन्तको बहार लिई भित्रीएकी थिए । जीवनलाई धिपधिपिबाट जोगाई राख्नको लागि अलिकति तेल थपेको थिईन । जनम-जनम नटुङ्गिने यात्रामा सँगै जिउने, सँगै मर्ने अनि सधैंभरि एक-अर्काको आँगालोमा बाँधिरहने कसम खाएका थियौं । तर बाँचा कसम र खुशीका क्षणहरु पलभरको लागि मात्र भए । निस्चल र चोखो भनेको माया बिछोडमा टुक्रीन पुग्यो । आज यो पागल मन अनि उसको मायाले लत्याएर गएको घाईते यात्री त्यहीं पनि हजुरकै सम्झनामा बाँचिरहेकी छु । बिगतमा हजुर सँगको मिलनलाई सम्झेर उसकै यादमा सम्झनाको दियो जलाई बस्थें । खुशीका मालाहरु उन्ने गर्थें तर आज कसरी त्यो दियो लाई निभाउँ अनि मालालाई चुडाउँ ? तपाईंको जीवनमा खुशी मात्र ल्याउँछु भन्ने सोचेकी थिए तर आज मैले हजुरले दिएको आँशुको उपहारहरुमा हाँसी हाँसी डुब्दैछु । गल्ती त मेरो नै थियो । किनकी यो स्वार्थी संसारमा मैले हजुरलाई निस्वार्थ रुपमा माया गर्न खोजेँ अनि हजुरलाई चाँडै नै बिश्वास गर्न पुँगे । आज हजुरसँग बिछोडिएको दिनहरु पनि एक पछि अर्को गर्दै बितिरहेको छ तर म भने आजसम्म पनि हजुरकै यादमा जिन्दगी काटीरहेछु । पागलसरी दोबाटोमा भौतारिदैं हिँडिरहेकी छु । आजकाल यस्तो लाग्छ जीवनमा जे सोचिन्छ जुन कल्पना गरिन्छ त्यो बास्तबिक धरातल भन्दा धेरै टाढा हुदोरहेछ । जुन इच्छा गरिन्छ, त्यो जीवनमा पाउन नसकिंदो रहेछ । शायद अहिले आएर
यो पत्र सम्यक राना मगरले जोयाको नामबाट जोयाका पति जीवनलाई लेखेका हुन्

0 comments:

Post a Comment

Blog Archive