Popular Posts

Friday, 2 September 2016

अब पनि सिस्टमभित्र बसिएन भने ढिला हुन्छ । सिस्टममा बसौं

प्रधानमन्त्रीको चेतावनीः दायाँबायाँ गरे मन्त्रीलाई नै बर्खास्त गर्छु



Prachanda
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिस्टम भन्दा दायाँ बायाँ गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
प्रशासन र राजनीतिबीचको अन्तरसम्वन्ध विषयक मन्त्री र सचिवहरुको अन्तरक्रियामा प्रचण्डले भने, ‘सरकार गठन गर्दै गर्दा मैले सत्तारुढ दलका नेताहरुसँग सहमति गरेको छु, मन्त्रीहरु प्रधानमन्त्रीप्रति जवाफदेही हुनुपर्छ, सिस्टमभन्दा दायाँ बाँया गर्नुभयो भने जो कोहीलाई बर्खास्त गर्छु ।’ उनले अघि भने, अब पनि सिस्टमभित्र बसिएन भने ढिला हुन्छ । सिस्टममा बसौं ।’
उनले सचिवहरु पनि मुख्य सचिवप्रति जवाफदेही हुनुपर्ने भन्दैे दायरा बाहिर नजान चेतावनी दिए । ‘यहाँ मन्त्री र सचिव मिलेपछि जेजे गर्न पनि सकिन्छ भन्ने रहेछ’ उनले भने-‘अब त्यस्तो हुन दिन्न ।’ सचिवहरुले मुख्य सचिवलाई नटरेको हो कि जस्तो लागेको भन्दै उनले भने, हो भने सुध्रनुस्, नत्र कदम चाल्छु ।’
उनले जनताले राहत महसुस गर्नेगरी काम गर्न समेत निर्देशन दिएका छन् । जनताले ससाना काममा परिणाम खोजिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्री, सचिव, कर्मचारी मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
देश दुर्घटनाबाट जोगाउनु पर्छ
प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गरेर स्थिरतातर्फ मुलुकलाई लैजानु अहिलेको मुख्य चुनौती भएको बताएका छन् । उनले संविधान कार्यान्वयन गर्ने चुनौतीको सामना गर्न नसके देशनै दुर्घटनामा पर्ने भन्दै सबै सजग भएर काम गर्नुपर्ने बताएका हुन् ।
उनले ८ बर्षपछि प्रधानमन्त्रीको कुर्सीमा बस्दा देशमा चाँडै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने आत्मविस्वास पलाएको सुनाए । ‘म भित्र साह्रै ठूलो आत्मविस्वास पलाएको छ, अब मिलेर देश बनाउनेतिरमात्र सोचौं’ उनले भने, ‘आर्थिक समृद्धि, संविधान कार्यान्वयन र सुशासनका लागि एकैसाथ बल गरौं । यति गरे देश दुर्घटनामा पर्नबाट जोगिन्छ ।’
परिवर्तनको फिनिसिङ राम्रो भएन
फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले २००७ सालदेखि अहिलेसम्म जुन उत्साहमा राजनीतिक परिवर्तनको शूरुवात भयो, त्यहि उत्साह र सहताका आधारमा परिवर्तन संस्थागत हुने नगरेको बताएका छन् । ‘परिवर्तनलाई सधैं सम्झौतामा टुंग्याउनु परेको छ’ उनले भने , हामी पनि सम्झौतामा आएका छौं, त्यसको मर्म कर्मचारीले बुझ्नुपर्छ ।’
प्रधानमन्त्रीले संविधानले सम्झौताको राजनीतिक व्यवस्था तय गरेको भन्दै त्यसै अनुसार राजनीतिक सोच बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।
गर्ने हो त ?
प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार गठनपछि कालोबजारी, वेथिती, अराजगकता जस्ता समस्या न्यूनीकरण भएको दाकी गर्दै बजार अनुगमनलाई निरन्तरता दिने बताएका छन् ।
उनले प्रत्येक जनताले मेरो सरकार छ भन्नेगरी काम गर्नुपर्ने भन्दै सचिवहरुलाई सोधे, हामी जनताका लागि राम्रो काम गर्न सकिन्छ त ?’ उनले इमान्दार भएर हरेक दिन जनताको सेवामा काम गर्छु, म चाँही गल्ती गर्दिन भनेर प्रतिवद्धता जनाउने हो त ? भन्दै प्रश्न गरेका थिए ।
सचिवहरुको आग्रह, मुहानबाट सुधार गरौं
Sachib
अन्तरक्रियामा निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रितालले प्रशासन सुधारका लागि प्रधानमन्त्री कार्यालय बलियो र सुदृढ गर्नु नै पहिलो शर्त भएको बताए । उनले सचिवहरुले प्रधानमन्त्रीसँग सहज रुपमा भेट्न पाउनु पर्ने समेत बताएका थिए ।
अर्का सचिव प्रेमकुमार राईले राजनीतिक नेतृत्व, निजामति र ट्रेड युनीयनवीच सम्वन्ध सुदृढ गर्नुपर्नेमा जोड दिए । मन्त्रीहरुले कतिपय अवस्थामा ऐन नियम नबुझी हस्तक्षेप गर्ने र मन्त्री र राज्यमन्त्रीको विवादको मारमा समेत सचिव र कर्मचारी पर्ने गरेको गुनासो गरेका थिए ।
सचिव राईले सचिवहरुको सुविधामा समेत एकरुपमा नभएको, कोही सचिव करोडको गाडी र कोही गाडी नै नपाउने स्थितिमा रहेको गुनासो गरे । उनले भने, यहाँ समस्यै समस्या छ, प्रधानमन्त्री ज्यू, कर्मचारीभित्रका विभेदहरु अन्त्य गर्नुपर्‍यो ।’

0 comments:

Post a Comment

Blog Archive