Popular Posts

Thursday, 1 September 2016

न्यूजिल्याण्डमा ७ं.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

http://i2.wp.com/www.news24nepal.tv/wp-content/uploads/2016/09/newzeland_earthqueak-768x431.jpg?resize=768%2C431यूजिल्याण्ड।न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७ं.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । नागरिक सुरक्षा अधिकारीहरुले तोलोगा बे क्षेत्रकाट मानिसलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेका छन् । भूकम्पपछि सुनामीको खतरा रहेको रेडियो न्यूजिल्याण्डले जनाएको छ । तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ । भूकम्पपछिको क्षतिको विवरण आएको छैन ।सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा एक सय ८५ जनाको ज्यान गएको थियो ।न्यूजिल्याण्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झण्डै एक सय ५० वटा शक्तिशाली हुने गरेको अधिकारीले बताएका छन् ।

0 comments:

Post a Comment

Blog Archive