Wednesday, 7 September 2016
Home »
» प्रधानाध्यापकसहित चार जनाविरुद्ध उजुरी
प्रधानाध्यापकसहित चार जनाविरुद्ध उजुरी
खोटाङ / रकम हिनामिना गरेको आरोपमा जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्यविरुद्ध अख्तियारमा उजुरी परेको छ । जिल्लाको पश्चिमी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्र राई, प्रधानाध्यापक विष्णुकुमार राई, समितिका सदस्य प्रदीप राई र बाल राईविरुद्ध उजुरी परेको हो । अध्यक्ष, प्रअ र दुईजना सदस्यको मिलोमतोमा दलित छात्रवृत्ति, भवन निर्माण तथा दातृ निकायबाट प्राप्त रु ३५ लाख ५० हजार रकम हिनामिना भएको उजुरीमा उल्लेख छ ।
दलित छात्रवृत्तिका लागि विगतका तीन आर्थिक वर्षमा आएको रु तीन÷तीन लाख गरी जम्मा नौ लाख, विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त २४ लाख, अभिभावकबाट चन्दा सङ्कलन गरिएको रु एक लाख र फर्निचर निर्माणका लागि गाविसबाट छुट्याइएको एक लाख ५० हजार रुपैयाँ रकम उनीहरुले हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौँमा परेको उजुरीमा दाबी गरिएको छ ।
विद्यालयमा आउने अन्य विभिन्न शीर्षकका रकमसमेत उनीहरुले आफू अनुकूल भागबन्डा गरेर खाने गरेको अभिभावकले दिएको उजुरीमा जनाइएको छ । विद्यालयमा भएको आर्थिक हिनामिना तथा उनीहरुले गरेका अनैतिक व्यवहारप्रति तत्काल छानबिन गरेर आरोपितलाई कानुनी कारबाही गर्न विद्यालयका पीडित भनेर उल्लेख गरिएको उजुरीमार्फत माग गरिएको छ । विद्यालयको रकम हिनामिना भएको विषयलाई लिएर पटक–पटक छलफल भएको स्थानीयवासीले बताएका छन् । पटक–पटकको छलफलले कुनै निष्कर्ष ननिकालेपछि अख्तियारमा उजुरी दिइएको छलफलमा सहभागी अभिभावकले बताएका छन् ।
विद्यालयमा अध्ययनरत दलित छात्रछात्राले आफूहरुले पाउँदै आएको छात्रवृत्ति रकम लगातार तीन वर्षदेखि नपाएको गुनासो गरेपछि सो कुरा बाहिर आएको स्थानीयवासीले बताएका छन् । आर्थिक अनियमितताका विषयमा यसअघि सोही विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत छानबिन गरी कारबाही अगाडि बढाइयोस् भनेर आन्दोलन गरेका थिए । आर्थिक अनियमितताका विषयलाई लिएर पछिल्लो समय विद्यालयमा भइरहेको विवादले आफूहरुको पठनपाठनमा समेत असर गरेको विद्यार्थीले बताएका छन् । विद्यालयमा भएको समस्या समाधानतर्फ हालसम्म सम्बन्धित निकायले चासो नदिएको स्थानीय अभिभावक तामन राईले बताउनुभएको छ । रासस
Blog Archive
-
▼
2016
(134)
-
▼
September
(55)
- उही पुराना बसमा दसैंको यात्रा, नयाँ नथपिने
- प्रधानाध्यापकसहित चार जनाविरुद्ध उजुरी
- पाेखरामा पहिरोले घर पुरिँदा एकैघरका चारजनाको मृत्यु
- अाज शिक्षा दिवश बिविध कार्यक्रम गरी मनाइदै
- यी ति १० ब्याक्ति हुन् जसलाई नेपालीले एकदम पटक्कै ...
- आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता
- 'र' का मान्छेलाई बैंककमा भेटेको छैन भन्दै बिमानस्थ...
- गाउँ घरमा पैसाको कारण युवतीको इज्जत लुटिएको एउटा क...
- फिल्म को फाइट सिन सुटिंग गर्दा गर्दै केटाहरु बीच स...
- मामाघर जादाँजादै एक युवतीको युवकसगँ बाटैमा लभ परेप...
- परेको खण्डमा र कथाले मागे पुरै कपडा खोल्न तयार छु ...
- छोटो लुगा लाउने युवतीलाइ केटाहरुले मोबाइलबाट भिडिय...
- अब कांग्रेस माओबादीलाई सरकार चलाउन धौ धौ पर्ने - ह...
- मुलुक प्रजातान्त्रिक समाजवादको पद्दतिमा अगाडि बढिर...
- यस्तो त कसैको घरमा पनि हुदैन होला हँसाएरै मार्ने स...
- म्यासेन्जरमा थपियो नयाँ सुविधा
- उत्तर कोरियाका शासक किमले आफू र आफ्नो परिवारलाई अं...
- यौन सन्तुष्टिको हिसाबले मोटी कि पातली युवती ठिक ? ...
- नेपालबारे भारतिय प्रधानमन्त्री मोदीले भने ‘हिजो र ...
- भूराजनीतिको भुमरीमा नेपाल
- आज स्वदेश फर्किँदै देउवा, के गरे सिंगापुरमा
- भारतबाट फर्किंदै गरेका दुई नेपाली सीमावर्ती भारतीय...
- राष्ट्रपतिद्वारा नेपाली नारीको पर्व हरितालिका ‘तीज...
- प्याडल थ्रेसर: धान र गहुँ झार्न मिल्ने मेसिन अब २०...
- पहिराले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु [अपडेट]
- प्रचुर छ खेल पर्यटन, छैन अग्रसरता अजय फुयाल
- स्याउ जुम्लाको खोल चाहिँ चाइनाको
- त्यसपछि हामी ४ जना नेपालीलाई निर्घात पिट्यो.. ।
- सरकारी स्वामत्विमा रहेको पूर्वराजा बस्ने नागार्जुन...
- आन्दोलनका क्रममा पक्राउ परेका ४९१ जनाको मुद्दा फिर...
- पाँच महिनाको गर्भ तुहिएपछि एक महिलाको मृत्यु
- मेरो बुबाको हत्यारा प्रचण्ड हो मुटु छुने फेसबुक स्...
- नेपाली रड व्यवसायहरुको कालो कर्तुत को पर्दा फास:: ...
- एक पल्ट समय निकालेर सबैले हेर्नु पर्ने अन्तर्वार्त...
- सिंहदरबारमा तास खेल्ने कर्मचारीलाई कारबाही गर्न प्...
- भारतमा १० ट्रेड यूनियनको सहभागितामा देशब्यापी श्रम...
- अब पनि सिस्टमभित्र बसिएन भने ढिला हुन्छ । सिस्टममा...
- प्रहरीले यसकारण रातारात पूर्वराजा वीरेन्द्रको सालि...
- नेपालबाट तराई टुक्राउने खतरनाक भारतीय ‘गेम प्लान’
- ICC CEO arriving in Nepal on Saturday. Three thing...
- लागूऔषधसहित २ इन्जिनियर पक्राउ, भन्छन्- ऋणको बोझले...
- THE ESSAYIST IS A SHORT FILM WHICH DEMONSTRATES AN...
- पोर्चुगललाई युरो जिताउने एडरको कथा, आमा मारेर बुवा...
- स्ववियु चुनाव गर्न १० विद्यार्थी संगठनले दबाव दिने
- न्यूजिल्याण्डमा ७ं.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प
- यस्तो रहेछ ओलीको थाइल्याण्ड भ्रमणको रहस्य
- धरान, बिर्तामोड लगायत देशका पाँच शहरमा एनसेल मेला ...
- सडकमा सरुवा हुन तँछाडमछाड
- कोहि बिरामी जंगल तिर , कोहि साठी लाख सहित अमेरिकात...
- Black market for building materials blooming after...
- Toda's Horoscopes | September 02, 2016
- Cops pepper spray 84-year-old woman: Geneva Smith ...
- 200 died in 2 months - Nepal road accident
- Nepali Comedy Video - Joginder Paan Wala and Comed...
- Which Nepali Celebrity Uses Which Vechicles ? A Vi...
-
▼
September
(55)






0 comments:
Post a Comment