५ भदौ, काठमाडौं । ओलम्पिकको फुटबलमा
ब्राजिललाई पहिलो स्वर्ण दिलाएपछि कप्तान नेयमार मैदानमै रोए । माराकाना
रंगशालामा ८७ हजार दर्शकका अगाडि जर्मनीलाई पेनाल्टीमा ५-४ ले हराउने
क्रममा नेयमारले विजयी गोल गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा नेयमारले नै
ब्राजिललाई अग्रता दिलाएका थिए । उनले २७ औं मिनेटमा फि्रकिकमा गोल गरे ।
जर्मनीका मेयेरले बराबरी गोल फर्काए ।
निर्धारित र थपिएको ३० मिनेटको खेल १-१ को
बराबरीमा सकिएपछि निर्णय टाइब्रकेरबाट लिइएको थियो । जसमा जर्मनीका निल्स
पिटरसन चुकेका थिए ।
पाँच पटकको विश्व विजेता ब्राजिलले यसअघि
तीन पटक १९८४, १९८८ र २०१२ मा फाइनल खेलेपनि ओलम्पिकको फुटबलमा स्वर्ण
जित्न सकेको थिएन । यो पटक उसले विश्व विजेता जर्मनीलाई हराएको छ, र दुई
वर्षअघि विश्वकपको सेमिफाइनलमा व्यहोरेको ७-१ को लज्जास्पद हारको बदला
लिएको छ ।
ब्राजिलका गोलकिपर वेभटर्न भन्छन्,
‘स्वर्ण हाम्रो भयो । तर, यो भगवानसँग जोडिएको छ । जसरी उनी टिममेटलाई
प्रेम गर्छन्, भगवानले नेयमारलाई मन प्रेम गर्छन् ।’
नेयमारले भने यसलाई आफ्नो जीवनकै उत्कृष्ट क्षण भनेका छन् ।






0 comments:
Post a Comment