Popular Posts

Monday, 22 August 2016

रियोमा बोल्टको अर्को ‘बबाल’, २० वर्षीय छात्रासँग मस्ती

‘वाट्स एप्प’मार्फत सार्वजनिक गरेकी छिन्। यो घटनाले बोल्टको बस्न लागेको घर उजाडिने सम्भावना बढेर गएको छ।

बोल्टको जमैकामा नै २६ वर्षीया प्रेमिका भएको उनकी दिदीले हालै सार्वजनिक गरेकी थिइन्। कासी बेनेट नाम गरेकी जमैकन सुन्दरीसँग विगत २ वर्षदेखि बोल्टले ‘डेटिङ’ गर्दै आइरहेका छन्। बोल्ट आफ्नी प्रेमिकालाई ‘फस्र्ट लेडी’ भनेर सम्बोधन गर्छन्।

बोल्टले रियोमा तेस्रो स्वर्ण जितेपछि बेनेटले ट्विटमार्फत आफ्नो प्रेमीलाई बधाई दिँदै भनेकी थिइन्– रियोमा कुनै किसिमको उत्खनन् नहोस्।

तर, आफूसँग नग्न अवस्थामा ओछ्यानमा रहेका बोल्टले गालामा चुम्बन गरेको तस्बिर डुआर्टेले सार्वजनिक गरेपछि यसले तरंग ल्याएको छ। डुआर्टेले नाइट क्लबमा उनीसँग मस्तीमा लिन बोल्टको तस्बिर पनि अपलोड गरेकी छिन्। सेतो ‘टप’मा बोल्टसँग उन्मुक्त मुद्रामा खिचिएको तस्बिर पहिलो पल्ट ‘वाट्स एप्प’मा अपलोड गरेपछि ब्राजिलका सबै मिडियाले यसलाई साभार गरेका थिए।

तीनवटा ओलम्पिकको तीनवटा स्पर्धामा तीन पल्ट नै स्वर्ण जित्ने इतिहास रचेपछि बोल्ट आइतबार आफ्नो ३०औं जन्मदिन मनाउन बिहानदेखि नै रियोको बारा डे टिजुका क्लब पुगेका थिए। उनी डे ब्राकोस अल्र्बेटास क्लबमा पनि मस्ती मार्दै गरेको भेटिए।

ब्राजिलकी २० वर्षीय छात्रासँग आपत्तिजनक मुद्रामा देखिएको उनको तस्बिर स्थानीय समयअनुसार ७ बजे बिहानको बताइएको छ। स्थानीय पत्रिका एक्स्ट्रालाई डुआर्टेजले दिएको अन्तर्वार्तामा उनले आफू विश्व चर्चित खेलाडीसँग भएको महसुस नै नभएको बताएकी छिन्।

बोल्ट महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका यो पहिलो घटना होइन्। उनी थुप्रै पल्ट यस्तो अवस्थामा पक्राउ परिसकेका छन्। रियो ओलम्पिकमै उनी साँझ एक स्थानीय केटीसँग उत्तेजक नाच नाचिरहेको अवस्थामा भेटिएका थिए।

बोल्टकी दिदी क्रिस्टिन बोल्ट–हेल्टनले ओलम्पिक सम्पन्न भएको केही समयपछि आफ्नो भाई र बेनेट वैवाहिक बन्धनमा बाँधिन लागेको जानकारी दिएकी थिइन्। बोल्ट ओलम्पिकको समापन समारोहमा उपस्थित भएनन्। उनी साँझ नै जमैकातर्फ लागेका थिए। त्यतिबेला उनले रियोस्थित गालेओ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान गर्ने लाउन्जबाट एउटा ट्विट गरेका थिए– ‘हामी आयौं, हामीले हेर्यौ, हामीले जित्यौं। रियो मेरो तर्फबाट वर्णन गर्न नसकिने प्रेम तिमीलाई।’

0 comments:

Post a Comment

Blog Archive