Popular Posts

Monday, 22 August 2016

पुल्चोकको साझा पेट्रोल पम्पमा सिल

भाद्र ६, २०७३- पेट्रोलको शुद्धता र वितरण प्रणालीमा सर्वसाधारणले विश्वास गरेको पुल्चोकस्थित साझा आयल स्टोरमा सोमबार सिलबन्दी गरिएको छ । तोकिएको परिमाण भन्दा कम पेट्रोल/डिजल बिक्री गरी उपभोक्तालाई ठगी गरेको आरोपमा सिल लगाइएको हो । 
गुणस्तर तथा नापतौल विभाग सहितको टोलीले सोमबार गरेको अनुगमनमा परिमाण भन्दा घटी बिक्री गरेको पाइएपछि साझा र कुमारीपाटी स्थित महायान पम्पमा सिल लगाएको हो । एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पलाई भने पम्प मिलानपछि मात्र बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।
गुणस्तर तथा नापतौल विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त रुपमा बजार अनुगमन गरेको थियो । अनुगमनकोक्रममा साझा आयल स्टोरको ६ वटा पम्प मध्ये रियलटेक आरटी-ए ११२ नम्बरको पम्पमार्फत डिजेल मापदण्ड भन्दा कम विरतण गरिएको तथा नापमा एकरुपता नभएकाले भन्दै सिल गरिएको छ । उक्त पम्पमा नापतौल विभागको पाँच लिटर क्षमताको चेक मेजर्सबाट नापजाँच गर्दा पहिलो पटक ५० एमएल घटी, दोस्रोमा ३० र तेस्रोमा एक सय एमएल घटी भेटिएको थियो ।


0 comments:

Post a Comment

Blog Archive