Popular Posts

Sunday, 21 August 2016

फेसबुकमा लेखेकै कारण कतारमा एक नेपालीलाई ‘देश निकाला एक सक्चा नेपालीहरुले सक्दो Share गर्न नभुल्नु होला


फेसबुकमा लेखेकै कारण कतारमा एक नेपालीलाई ‘देश निकाला एक सक्चा नेपालीहरुले सक्दो Share गर्न नभुल्नु होला

काठमाडौं, भदौ ६ । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्नका लागि पक्राउ गरेको छ । उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ ।

अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघकी पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरीमा छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी डिपोर्ट गर्न लागेको हो ।

लामिछानेलाई गत मंगलबार पक्राउ गरि घर फिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको हो । त्यसअघि पनि उनलाई कतारको खोज तथा अनुसन्धान केन्द्र (एसएफडी)ले पक्राउ गरिसकेको थियो ।

एक नेपाली कामदारले आफू जमानतमा बसेर आफ्नो राहदानी केन्द्रमा बुझाएर उनलाई जेलबाट बाहिर निकालेका थिए ।

अष्ट्रेलियामा स्थायी बसोबास अनुमति पाएकी राईले ‘लामिछानेले आफूविरुद्ध फेसबुकमा जथाभावी लेखेको र कतारमा बसेर राजनीति गरेको’ भन्दै उजुरी गरेकी थिइन् ।

गत जुनको अन्तिम सातामा अष्ट्रेलिया भ्रमणमा जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध राईले आफ्नो फेसबुकमा स्टाट्स लेखेकी थिइन् ।

त्यसपछि लामिछानेले दाहालको बचाउ गर्दै राईको आलोचना गरेका थिए ।११ वर्षदेखि कतारको एक कम्पनीमा प्रशासकीय विभागमा काम गर्दै आएका लामिछानेलाई डिपोर्ट नगर्न कतारको परराष्ट्र मन्त्रालयका अधिकारीलाई भेटेर अनुरोक गरेको कतारका लागि कार्यवाहक राजदूत मणिरन्त शर्माले बताए ।कान्तिपुर दैनिकबाट

0 comments:

Post a Comment

Blog Archive