Popular Posts

Monday, 29 August 2016

प्रदर्शन उन्मुख चलचित्र 'परिवर्तन'को च्यारिटी सोबाट उठेको रकम सडकछाप बालबालिकाको उद्दारमा खर्चिने :: Read News >>

काठमाडौँ, १४ भदौ - द ड्रामाविन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र परिवर्तन प्रदर्शनको अन्तिम तयारीमा रहेको छ । मोफोसल (चितवन) का युवा युवती मिलेर निर्माण गरेको चलचित्रमा नेपाली समाजमा बढेको धर्म परिवर्तनको विकृती र सनातन देखीको धर्म संकटमा रहेको बिषयबस्तु उठाईएको छ। दर्सकहरुलाई केही सन्देश दिने सोचमा निर्माण गरिएको चलचित्र परिवर्तनको कथाबस्तु सन्देश मुलक रहेको एक कार्यक्रममा निर्माता तथा छायांकार अमृत भण्डारीले जानकारी दिए। आगामी भदौ २२ गते चितवनको गणेश हलमा विशेष च्यारिटी सो गर्न लागियको उक्त चलचित्रले च्यारिटी बाट उठेको रकम सडक बालबालिकाको उद्दारमा खर्चिने जनाएको छ। चलचित्रमा सुदर्शन सिग्देल, लक्ष्मण रेग्मी, रबिना अधिकारी, आकांक्षा क्षेत्री,बिनय सापकोटा लगाएत कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रलाई आशिष ढकालले निर्देशन गरेका हुन्।

0 comments:

Post a Comment

Blog Archive