Popular Posts

Monday, 29 August 2016

५३६ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको अध्ययन पुसदेखि सुरु हुने :: Read News>>

काठमाडौँ, १४ भदौ - विद्युत् विकास विभागले ५३६ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको आउँदो पुस महिनादेखि सम्भाव्यता अध्ययन सुरु गर्ने भएको छ। काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा रहेको यो आयोजना काभ्रे र रामेछापको सिमानामा पर्छ। आयोजनाको सम्भाव्यता अध्ययन एक वर्षअघि नै हुने भनिए पनि बल्ल सुरु भएको हो। विभागले सम्भाव्यता अध्ययनका लागि परामर्शदाताका लागि टेन्डर आह्वान गरेकोमा सोमबारसम्ममा ११ परामर्शदाता कम्पनीले आशयपत्र दिएका छन्। विभागका सूचना अधिकारी बाबुराजा अधिकारीले आशयपत्र दिइएका परामर्शदाता कम्पनीबाट प्रस्ताव मागेर परामर्शदाता छनोट गरी अध्ययन गरी बढाइने जानकारी दिए। आगामी मंसिरसम्ममा परामर्शदाता छनोट गरेर सन् २०१७ अर्थात् आगामी पुसदेखि सम्भाव्यता अध्ययन सुरु हुन्छ, उनले भने, तीन वर्षभित्र अध्ययन सकेपछि आयोजना योग्य देखिएमा मात्र विस्तृत अध्ययन अघि बढ्छ। प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले सार्वजनिक गरेको १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये सुनकोशी तेस्रो एक हो। विद्युत् बढी खपत हुने राजधानी र तराईको बीचमा बन्ने र काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको सुनकोशीलाई आकर्षक आयोजनाको रूपमा लिइन्छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

0 comments:

Post a Comment

Blog Archive