Popular Posts

Tuesday, 30 August 2016

अर्घाखाँचीमा निजी जिप दुर्घटना, प्रहरीलार्इ नै दिइएन जानकारी

अर्घाखाँची– जिल्लाको नुवाकोट गाविस– ६ लात्तेबाझमा एउटा निजी जिप दुर्घटना भएको छ। बा १३ च ३३४४ को निजी जिप गएराति करिब साढे  १२ बजेको समयमा गाडी दुर्घटना भएको स्थानीयले बताएका छन्। गाडी सडकबाट करिव ५० मिटर तल झरेको थियो।


गाडी सल्लाको रुखमा अडिएका कारण ठूलो क्षति नभएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवरत्न पौडेलले दिएको जनकारी अनुसार रामु बस्नेत भन्ने व्यक्तिले गाडी चलाएको बुझिन आएको छ। बस्नेत पश्चिम नेपाल वस व्यवसायी समितिअन्र्तगत सन्धिखर्क गोरुसिङ्गे सडकका रुट इन्चार्जसमेत हुन्। गाडी बावुराम भुसालको नाममा रहेको  पौडेलले बताए।

गाडीमा सुरेन्द्र पाण्डे, बावुराम बेल्वासे लगायतका सवार रहेको खुलेको उनले बताए। उनीहरु नुवाकोटमा मेला हेरेर सदरमुकाम फर्कदै गरेको अवस्थामा गाडी दुर्घटना भएको बुझिएको छ।

‘हस्पिटलमा पनि कसैले उपचार गराएको छैन,’ डिएसपि पौडेलले भने, ‘कोही पनि घाइते भएको मेरो जानकारीमा छैन।’ घटनाको प्रकृति हेर्दा गाडीमा सवार रहेका घाइते भएको हुन सक्ने देखिएको उनको भनाइ छ।

प्रहरीलाई समेत जानकारी नदिएर घाइतेहरु जिल्ला बाहिर गएर उपचार गराएको हुन सक्ने अनुमान प्रहरीको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको पौडेलले बताए। गाडी सजिलो ठाउँबाट दुर्घटना भएको छ। गाडी दुर्घटना गराउनेले घटना लुकाउन खोजेको बुझिएको प्रहरीको शंका छ।

0 comments:

Post a Comment

Blog Archive