Tuesday, 30 August 2016
Home »
» उज्वेक युवती नेपाललाई ट्रान्जिट बनाउदैं भारतीय यौनबजार !
उज्वेक युवती नेपाललाई ट्रान्जिट बनाउदैं भारतीय यौनबजार !
उज्वेक युवती नेपाललाई ट्रान्जिट बनाउदैं भारतीय यौनबजार !
मानवतस्करले उज्वेकिस्तानका युवतीलाई नेपालको बाटो हुँदै अवैध तरिकाले भारतीय ‘यौनबजार’ पुर्याउने गरेको खुलेको छ। भारतका विभिन्न सहरका धनाढ्यलाई उज्वेक युवती उपलब्ध गराउन तस्करले नेपाललाई ट्रान्जिट बनाइरहेको पाइएको खबर आजको नागरिक दैनिकमा छापिएको छ।
नेपालमा भिजिट भिसामा प्रवेश गर्ने उज्वेक युवतीलाई तस्करले भारतको भिसाबिनै सडकमार्गबाट भारतका विभिन्न सहर पुर्याउने गरेका छन् । उनीहरुलाई सोही मार्ग प्रयोग गरेर काठमाडौं ल्याई स्वदेश फिर्ता पठाउने गरेको समेत पाइएको छ।नेपाल आउने धेरै उज्वेकिस्तानका युवती ‘ओभर स्टे’ (भिसाभन्दा बढी समय बस्ने) गर्न थालेपछि अध्यागमन विभागका कर्मचारीले सोधपुछ गर्दा यस्तो भेद खुलेको हो ।
‘उज्वेकिस्तानका युवती ओभर स्टे गर्ने क्रम बढ्दो छ । उनीहरुलाई किन समयमै भिसा नवीकरण नगरेको भनी सोध्दा भारतबाट फर्कन ढिला भयो भन्ने जवाफ दिन्छन् । तर उनीहरुको पासपोर्ट हेर्दा भारतको भिसा भेटिँदैन,’ अध्यागमन विभागस्रोतले नागरिकसँग भन्यो, ‘केहीले सिधै आफूहरु भारतमा व्यावसायिक रुपमा यौनधन्दामा संलग्न भई फर्केको बताउँछन् ।’
स्रोतका अनुसार यस्ता युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा लिन नेपाली दलाल पुग्ने गर्छन् । नेपाली दलालले उज्वेकिस्तानी युवतीलाई विभिन्न सडक मार्गबाट भारत प्रवेश गराउछँन् । सीमा कटाएर भारतीय दलालको जिम्मा लगाएपछि नेपाली दलाल फर्कने गर्छन् । ‘उज्वेक युवतीलाई टिआइएमा नेपाली दलालले रिसिभ गर्छन् । झन्डै स्कटिङ शैलीमा उनीहरुलाई नेपालबाट भारत प्रवेश गराउने गरेको जानकारी हामीले पाएका छौं,’ स्रोतले भन्यो ।
भारतले उज्वेकिस्तान नागरिकलाई भिसा दिन कडाइ गरकोले तस्करले नेपालको बाटो हुँदै उनीहरुलाई भारतको विभिन्न सहर पु¥याउने गरेका हुन् । नेपालले उज्वेकिस्तान नागरिकलाई अनअराइभल भिसा दिने हुँदा पनि तस्करलाई थप सहज भएको हो । नेपालले नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया गरी १२ देशबाहेकका विश्वका सबै देशका नागरिकलाई अनअराइभल भिसा दिँदै आएको छ ।
नेपाललाई भने विश्वका कुल ३७ देशले मात्र अनअराइभल भिसा दिने गरेका छन् ।‘तस्करले नेपालमा दिइँदै आएको अनअराइभल भिसाको दुरुपयोग गरेर उज्वेक युवतीलाई भारत पु¥याउने गरेको देखिन्छ । नेपालभित्र निश्चित समय घुम्न उनीहरुलाई भिजिट भिसा उपलब्ध गराइन्छ तर तस्करले उनीहरुलाई सिधै सीमा कटाउने गरेको देखियो,’ स्रोतले भन्यो, ‘यसले विश्वमा नेपालको नाम बदनाम गराउँछ ।’
यस्तै, गतिविधिका कारण अमेरिकाले मानव तस्करी सम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा नेपाललाई मानव तस्करीको स्रोत, ट्रान्जिट र गन्तव्य राष्ट्रका रुपमा चित्रण गर्दै आएको छ । अमेरिकी वार्षिक मानवतस्करी प्रतिवेदनमा नेपाललाई टायर टुमा राखिएको छ ।
स्रोतका अनुसार पछिल्ला साता ओभर स्टे गरेका कारण क्षतिपूर्ति बुझाई अध्यागमन विभागबाट भिसा नवीकरण गर्ने उज्वेक युवतीको संख्या पाँच छ । अध्यागमनको तथ्यांकअनुसार सन् २०१५ यता १ सय ९७ जना उज्वेक नागरिक नेपाल प्रवेश गरेको देखिन्छ जसमध्ये युवतीको संख्या १ सय ५० छ । यसरी नेपाल आउने उज्वेक युवती करिब डेढ वर्ष अवधिमा २ देखि ४ चारपटकसम्म नेपाल प्रवेश गरेको पाइएको छ ।
‘सन् २०१५ यता नेपाल प्रवेश गरेका मध्ये डेढ सय उज्वेक युवती स्वदेश फर्केका छन्, बाँकी फर्केको देखिँदैन,’ स्रोतले भन्यो, ‘नेपालमा ओभर स्टे गर्ने विदेशीमा चौैथो ठूलो संख्या उज्वेक नागरिकको छ ।’नेपाल भित्रने अधिकांश उज्वेक युवतीले टिआइए अध्यागमनबाट एक महिनाको भिजिट भिसा लिने गरेका छन् । नेपालले १५ दिन, एक महिना र ९० दिनको भिजिट भिसा अध्यागमनबाट उपलब्ध गराउँछ । जसअनुसार १५ दिनका लागि २५ अमेरिकी डलर, एक महिनाका लागि ४० अमेरिकी डलर र ९० दिनका लागि एक सय अमेरिकी डलर नेपाल सरकारलाई राजस्व बुझाउनुपर्छ ।
‘ओभर स्टे गर्ने उज्वेक युवतीको भिसा नवीकरण गर्दा लाग्ने क्षतिपूर्ति र राजस्व बुझाउन दलाल नै आउँछन्,’ स्रोतले भन्यो, ‘तस्करको ठूलो सञ्जाल छ ।’उज्वेक सरकारले विदेश जाने आफ्ना नागरिकलाई ‘अभिर’ लिन अनिवार्य गरेको छ । यो पासपोर्टमा लगाइने एक प्रकारको स्टिकर हो । यो स्टिकर पासपोर्टमा नलागे कोही पनि उज्वेकिस्तान नागरिक विदेश उड्न पाउँदैन । यो स्टिकरको अवधि दुई वर्षको हुन्छ । यो अवधिभित्र अभिर लिने उज्वेकिस्तान नागरिक स्वदेश फर्किसक्नुपर्छ तर नेपाल भित्रने उज्वेकिस्तान युवतीले केहीले मात्र यस्तो स्टिकर लिएको पाइएको छ ।
‘कति उज्वेकिस्तान युवतीको पासपोर्टमा अभिर स्टिकर नै हुँदैन । तस्करले उज्वेकिस्तानबाटै सेटिङ मिलाएको देखिन्छ,’ स्रोतले भन्यो ।उज्वेकिस्तान युवतीलाई नेपालको बाटो हुँदै भारत पु¥याउने गरिएको सम्बन्धमा बुझ्दा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले यस्तो कुरा आफूले पनि सुनेको बताए । न्यौपानेले भने, ‘व्यावसायिक यौनकर्मीको रुपमा उज्वेकिस्तानका युवतीलाई नेपाल हुँदै भारत पुर्याइन्छ भन्ने सुनेको हो। यस विषयमा हामी बुझ्दै छौं ।’ नेपाल आउने उज्वेकिस्तान युवती धेरैले ओभर स्टे गर्ने गरेको उनले जनाए।
शेयर गर्नुहोस
Blog Archive
-
▼
2016
(134)
-
▼
August
(79)
- दोलखाको लामाबगरमा पहिरो झरी चार घर बगाउँदा दुइ जना...
- व्यथा लागेको लामो समय बितेपनि उपचार नपाउँदा गर्भवत...
- महिला तथा बालबालिका मन्त्री सेक्स टेपमा देखिएपछि ब...
- आइएसमा आबद्ध बालकले गरेको क्रुर हत्याको भिडियो सार...
- उज्वेक युवती नेपाललाई ट्रान्जिट बनाउदैं भारतीय यौन...
- भारतीय आकाशमा पाकिस्तानी युद्ध विमान घुम्दै भारतमा...
- नेताजति उपचार गर्न बिदेश लागेपछि डा. भट्टराईको सुझ...
- अर्घाखाँचीमा निजी जिप दुर्घटना, प्रहरीलार्इ नै दिइ...
- सबैलाइ चकित पार्दै गगन थापाले गरे देउवा, ओली र प्र...
- असफल विवाहको परिणाम श्रीमतीको हत्यापछि आत्महत्या
- ५ हजार नेपाली र भारतीय चेली बेच्ने हुसेन दम्पत्ति ...
- फेसबुकले फसायो - क्यानडाको पीआरधारी करोडपति ठानेर ...
- क्रिकेट खेल्न जापान गएका ९ नेपाली खेलाडिहरु उतै हर...
- रुसेफका हजारौँ समर्थकद्वारा राजधानीमा प्रदर्शन :: ...
- यमनमा आत्मघाती आक्रमण ६० को मृत्यु
- मनकारी बहराइनका प्रधानमन्त्री जसले दाना माझीलाई सह...
- ५३६ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको अ...
- प्रदर्शन उन्मुख चलचित्र 'परिवर्तन'को च्यारिटी सोबा...
- मोडेल तिर्सना बुढाथोकीले गरिन सोच्दै नसोचेको नेकेट...
- पहिले गद्दी आरोहण अनि अन्तिम संस्कार
- ल हेर्नुहोस यस्तो पो मायाँ : एक हिड्न नसके अपाङ्ग ...
- एकछिन हास्ने हैन त - मनोज गजुरेलले गाइजात्रा चलिरह...
- मलेसियामा नेपाली कामदारको हडताल ? के छन् मलेसियामा...
- लोकगायक खेमराजको निधनमा टुईटरमा खुसी गर्ने रितालाई...
- कुन देसका युवतीको कत्रो वक्षस्थल र कुन देसका युवक ...
- यसरी भरीन्छ सवारी साधन ओभरलोडको जरीवानाले ट्राफिक ...
- The song “Junge Bhinaju”
- त्रिशुलीको विभत्स दुर्घटनाः जसको तस्वीर प्रकाशन गर...
- पेट बढेर हैरान हुनुहन्छ ? यी १२ तरिकाले सजिलै घटाउ...
- त्रिशुलीमा खस्यो बस, यस्तो छ दुर्घटनास्थल (भिडियो)
- ‘Wari Jamuna Pari Jamuna’ singer Gurung no more
- भाग्गेमानिले मात्र यो फोटोमा भगवान देख्नु हुन्छ!!!!
- नेपालीलाई चौकीदारसँग तुलना गरेको भन्दै भारतीय कम्प...
- तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव
- राष्ट्रिय लज्जा ! नेपालले तय गर्नु पर्ने प्रधानमन्...
- Earthquake Hits India-Myanmar Border, Tremors Felt...
- कतारमा अवैध रुपमा काम गर्दै आएका कामदार अब विना सज...
- Angle of Jungle- Silence Short Nepali Film 2016
- म रत्नपार्कबाट तानिदै तानिदै यहाँ ठमेलको सुनसान को...
- बर्माको भूकम्पले काठमाडौं हल्लियो
- An overview of Non-life Insurance Companies in Q4;...
- रसियन वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचारको फल ...
- Bonus Share and Cash Dividend of Nepal Investment ...
- Apply Immigrant Visa New Zealand! Free Registratio...
- सेक्सको पावर तुरुन्तै अत्यधिक मात्रामा बढाउने घरेल...
- काठमाण्डौको रत्नपार्क स्थित एक गेस्टहाउसमा गए राती...
- -मलाई मेरो श्रीमानसंग सेक्स गरे पनि देबरसंग एक पटक...
- यौन जिज्ञासा : सेक्स गर्दा महिलालाई चाडो उत्तेजीत ...
- महिलालाई शरीरको कुन भागमा कसरी स्पर्ष गर्दा उनीहरु...
- लाइसेन्सको फारम भर्न अब लाइन बस्न नपर्ने
- जानीराखौं – यौन सम्पर्क गर्दा वीर्य झरेपछि योनि एक...
- फुटबल खेलाडीले एउटा बच्चाको ज्यान बचाउंदा आफ्नो ज्...
- छवि ओझा मलाई माग्न आए म बिहे गर्न तयार छु : नायिका...
- दिल्लीमा तयार भयो नेपालको संविधान संशोधनको खतरनाक ...
- धोका दिने पति जीवनलाई जोयाले लेखिन फिलिपिन्सबाट हृ...
- नेपाल बाट बिचल्लीमा परि फिलिपिन्स फर्केकी जोया र द...
- हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?
- पुल्चोकको साझा पेट्रोल पम्पमा सिल
- यसरी बन्छ सोयाबिन एकपटक हेर्नुभयो भने तपाईंले कहिल...
- रियोमा बोल्टको अर्को ‘बबाल’, २० वर्षीय छात्रासँग म...
- पौडेल पक्षलाई समेत समेटिने गरी कांग्रेसमा मन्त्रीह...
- डान्स प्लसमा आज फेरी सारा नेपालीको शिर ऊच्च पार्दै...
- प्रचण्डले एक कार्यक्रममा दिए राजनीतिक दल लाइ हल्ला...
- विष्णु माझीको तिज गीत सर्वजानिक, कहाँ छिन् उनी ?
- कांग्रेसबाट मन्त्री थपिँदै, को को छन् मन्त्रीको लि...
- तिनाउमा डुबेर हाेराइजनका एक बिद्यार्थीकाे ज्यान गयाे
- कन्डम को बेफाइदा : कन्डम लगाएर सेक्स गर्नुहुन्छ भन...
- फेसबुकमा लेखेकै कारण कतारमा एक नेपालीलाई ‘देश निका...
- नेपाली पप गीत - तिम्रो त्यो हेराइमा माया महसुस भयो...
- राष्ट्रियतामा आँच आउने गरी देशको शिर निहुराउने काम...
- समाज परिर्बतन गर्न आफैबाट सुरु गुर्नुपर्छन रायमाझी...
- फेसबुकमा कमेन्ट गरेको भरमै देश निकाला !
- बिदेशमा पति पत्नी भएर बसेका बिवाहित केटी र अविवाहि...
- आत्महत्या गर्नु अगाडी अरबी युवती नुर ले नेपाली युव...
- प्रचण्डले मोदीलाई लेखेका चार सन्देश के के छन् ? था...
- कति निर्दयी ........खर्च सकिएर माग्न आएकी आफ्नै का...
- गाँजासहित पाँच महिला पक्राउ
- मैदानमै रोए नेयमार, जसलाई ‘भगवानले पनि प्रेम गर्छ’
- लोकमानको मनोमानीमा प्रचण्ड किन मौन ? भन्दै बलुवाटा...
-
▼
August
(79)






0 comments:
Post a Comment