Popular Posts

Monday, 29 August 2016

यमनमा आत्मघाती आक्रमण ६० को मृत्यु

एडेन, १३ भदौ : यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित एक सैनिक तालिम केन्द्रमा सोमबार भएको आत्मघाती कारबम आक्रमणमा परी कम्तीमा ६० व्यक्तिको मृत्यु भएको छ। यमनी चिकित्सक स्रोतले सो जानकारी दिएको समाचारमा उल्लेख छ। उत्तरी एडेनमा रहेको सो सैनिक तालिम शिविरमा सेनामा भर्ना हुनका लागि नयाँ सैनिकको तालिम सुरु भएको अवस्थामा सो आत्मघाती कार आक्रमण भएको थियो । यस आक्रमणमा परी ६० व्यक्तिको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएका चिकित्सक स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । सुरुमा यस आक्रमणमा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको सुुरक्षा अधिकारीहरुले जानकारी दिएका थिए । यमनमा सन् २०१५ को मार्च महिनाबाट सुरु भएको हत्या र हिंसामा परी ६ हजार ६ सय व्यक्तिको मृत्यु भइसकेको छ। यसरी मारिएका व्यक्तिहरु प्रायः सर्वसाधारण नै रहेका जनाइएको छ। संयुक्त राष्ट्रसंघका अनुसार यमनमा जारी हिंसा र हत्याको कारण ८० प्रतिशत जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यता परेको छ। रासस/एएफपी

0 comments:

Post a Comment

Blog Archive