Popular Posts

Monday, 29 August 2016

रुसेफका हजारौँ समर्थकद्वारा राजधानीमा प्रदर्शन :: Read News >>

ब्रासिलिया (ब्राजिल), १३ भदौ : ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफविरुद्ध महाभियोग लगाउने विषयमा ब्राजिलियाली संसदमा अन्तिम छलफल हुने तयारी भइरहँदा रुसेफका हजारौँ समर्थकले संसद भवन बाहिर उहाँकोे समर्थनमा प्रदर्शन गरेका छन् । ब्राजियाली राष्ट्रपति रुसेफले सरकारद्वारा प्रस्तुत सङ्घीय बजेटमा वित्तीय कानुनको उल्लङ्घन गरेको आरोपमा यसै हप्ता संसदमा सुनुवाई हुँदैछ । यसै वर्षको मे महिनामा ब्राजिलियाली संसद (सिनेट) ले राष्ट्रपति रुसेफमाथि महाभियोग लगाउने निर्णय गर्दै उहाँमाथिको संसदीय सुनुवाईमा पदमा रहिरहँदा प्रभाव पर्नसक्ने भन्दै ब्राजिलको संविधान अनुसार १८० दिन निलम्बन गरिएको छ। रुसेफले आफूमाथि लगाइएको आरोप आफ्ना विरोधीले सत्ता हत्ताउने लोभका कारण ल्याएको भन्दै आफूबाट राष्ट्रहित विपरित कुनै काम नभएको जनाउनुभएको छ । ब्राजिलियाली सांसदले उहाँलाई महाभियोग लगाएर स्थायी रुपमा राष्ट्रपतिबाट हटाउने वा उहाँको कार्यकाल पूरा हुन दिने भन्ने विषयमा यसैहप्ता संसदमा मतदान गर्नेछन् । यदि संसदको दुईतिहाई मतदान रुसेफ

0 comments:

Post a Comment

Blog Archive