Popular Posts

Tuesday, 30 August 2016

५ हजार नेपाली र भारतीय चेली बेच्ने हुसेन दम्पत्ति सहित ६ जना पक्राउ :: Read More News>>

काठमाडौं, १४ भदौ - दिल्ली प्रहरीले मानव बेचविखनको आरोपमा एक दम्पत्ति र उनीहरुका छ सहयोगीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४५ वर्षीया सारा र उनका ५० वर्षीय पति हुसेन रहेका छन्। हुसेन दम्पत्तिले नेपालका साथै पश्चिम बंगाल, उडिसा, असम लगायतका क्षेत्रका ५ हजार भन्दा बढी युवतीलाई बेचेको प्रहरीको दाबी छ। उनीहरुले ५० हजारमा युवतीहरुलाई किन्ने र २ लाख भन्दा बढीमा बेच्ने गरेका थिए। भारतीय प्रहरीले हुसेन दम्पत्तिलाई पक्राउ गरेको स्वीकार गरेपनि थप केही बताउन चाहेको छैन। समाचारहरुमा जनाइएअनुसार उनीहरुले सुरुमा जीबी रोडमा धन्दा सुरु गरेका थिए। तर पछि उनीहरुले यस्ता चार कोठी चलाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

0 comments:

Post a Comment

Blog Archive